लेखनाथ महोत्सवमा शुक्रबार हाउडे माया र चेवाङको विशेष प्रस्तुति रहने

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७औं संस्करणको लेखनाथ महोत्सव जारी छ । महोत्सवमा बिहीबार होलीको दिनसमेत परेकाले दर्शकको अत्याधिक भिड लाग्यो । कारोबारसमेत उत्साहपूर्ण रुपमा बढिरहेको संघले जनाएको छ ।

महोत्सव अन्तर्गत चैत ४ गते शुक्रबार चर्चित कलाकारहरुको सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति रहने संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए । शुक्रबार सृजना खत्री (हाउडे माया), चेवाङ लामा, र्यापर निरज मल्लको प्रस्तुति रहनेछ ।

त्यस्तै लोकदोहारीतर्फ करण तामाङ, वसन्त विक, अर्जुन सापकोटा, सुमन खड्का, घनश्याम रिजाल, सम्झना लामिछाने, पारु गुरुङ, पार्वती जिसी लगायतको प्रस्तुति रहने प्रचारप्रसार संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।

footwear zone

महोत्सव चैत ७ गतेसम्म जारी रहनेछ ।

You might also like

Comments are closed.