पोखरा । घरमा नकुहिने फोहोर छ ? फोहोर कहाँ फाल्ने भनेर चिन्तित हुनुहुन्छ ? अब चिन्ता होइन खुसी हुनुहोस्, फोहोरलाई तपाईं मोहरमा बदल्न सक्नुहुनेछ ।
पोखरा महानगरपालिका १६ अर्मलामा ग्रीन भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले फोहोरलाई मोहर दिएर संकलन गरिरहेको छ । फोन गरेर आफ्नो घरमा भएको नकुहिने फोहोर दिन सक्नुहुनेछ ।
सहकारीको पोखरा–१६ अर्मलामा स्थापना भएको फोहोर संकलन केन्द्रले घरघरमै पुगेर फोहर संकलन गर्ने सहकारीका अध्यक्ष प्रकाश आचार्यले जानकारी दिए । अहिले पोखरा महानगरपालिकाले फोहोर फाल्ने ठाउँका स्थानीयले अवरोध गरेपछि फोहोर उठाउन सकेको छैन । सडक छेउमा फोहोरका थुप्रो छन् ।

आचार्यले आफूहरुले पैसा नै दिएर बिगत एक वर्षदेखि फोहोर उठाउँदै आएको बताए । तर, कुहिने फोहोर भने नलिने उनको भनाई छ । उनले घरमा फोहोर संकलन भएपछि फोन गरेर बोलाएमा घरमा लिन जाने बताए । ‘फोहोरको वर्गीकरण भने गरेर राख्नुपर्छ,’ उनले भने ।

फोहोर संकलनका लागि प्लास्टिककाप्रति केसी ८ रुपैयाँ, कागजप्रति केजी १० रुपैयाँ, फलाम प्रति केजी ४० रुपैयाँ, कपडा ४ प्रति केजी, तामा प्रति केजी ६ सय ५० रुपैयाँ र वियरको बोटल प्रति दुई वटालाई १ रुपैयाँ मूल्य तोकिएको बताए ।




Comments are closed.