शान्ताज व्युटि सलोन एण्ड एकेडेमीमा ट्रेनिङ लिएका विद्यार्थी दिक्षीत

काठमाडौं । शान्ताज व्युटि सलोन एण्ड एकेडेमीले व्युटि ट्रेनिङ लिएका विद्यार्थीलाई दिक्षीत गरेको छ । सोमबार एक कार्यक्रमबीच विद्यार्थीलाई एकेडेमीले सम्मान गर्दै सर्टिफिकेट वितरण गरेको हो ।

एकेडेमीको मुख्य कार्यालय बौद्धमा आयोजित कार्यक्रममा २०९ जना विद्यार्थी दिक्षीत भएका हुन् ।

भोकेसनल ट्रेनिङ अन्तर्गत रहेर इन्टरनेशनल भोकेसनल ट्रेनिङ सेन्टर नेपाल (आइभिइटी) खोलेर देशमा बेरोजगार हटाउने लक्ष्यसहित एकेडेमीले हरेक स्थानीय तहमा भोकेसनल स्कुल र कलेज खोल्ने लक्ष्य राखेको निर्देशक शान्ता थापाले बताइन् ।

footwear zone

एकेडेमीको शाखाहरु नेपालमा ६ वटा छ भने अमेरिका र भारतमा पनि शाखा सञ्चालनमा छ । ‘सकेसम्म धेरैलाई स्किलफुल तालिम प्रदान गरी रोजगार सिर्जना गर्ने अभियानमा हामी छौं,’ थापाले भनिन्, ‘दक्ष जनशक्ति उत्पादन गर्नु नै हाम्रो मुख्य ध्येय हो ।’

You might also like

Comments are closed.