लेखनाथ महोत्सवमा एकैदिन २५ हजार दर्शक

आर्थिक आवाज
लेखनाथ , ११ पुस । लेखनाथ उद्योग वाणिज्य संघले तालचोकमा आयोजना गरेको लेखनाथ महोत्सव जारी छ । पुस ५ गते सुरु लेखनाथ महोत्सव व्यापारिक थलो बन्न सफल भएको संघले जनाएको छ । नुनदेखि ऊनसम्म, गाडीदेखि साडीसम्म पाइने भएपछि १५औं संस्करणको लेखनाथ महोत्सवमा दिनभरी स्टेजका रमाइला कार्यक्रम हेर्न र घर फर्कने क्रममा आफूलाई आवश्यक साग्री खरीद गर्न पाइने भएपछि महोत्सव स्थल ब्यापार केन्द्रित थलो बनेको हो ।

बजार मूल्य भन्दा केही सस्तोमा आवश्यक सामग्री पनि पाइने भएपछि मेला भरेर फर्कने दर्शकहरुले हातमा केही न केही लिएर फर्कने गरेको देखिन्यो ।

महोत्सव स्थल भित्र सवै प्रकारका सामग्रीहरु पाइने भएपछि दर्शकको चाँप दिन प्रतिदिन बढ्दै गएको प्रचारप्रसार उपसमितिका संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिए । विभिन्न प्रयोजनका लागि वितरण गरेका पास सहित करिव २५ हजार दर्शक मंगलबार मात्रै मेला स्थलमा आएको उनले बताए ।

footwear zone

यता दर्शकको चापसँगै कारोबार पनि बृद्धि भएकाले मंगलवार मात्र करिव दुई करोड रुपैयाँ बरावरको आर्थिक कारोबार भएको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिएका छन्। आगामी दिनमा पनि मेलामा दर्शकको उपस्थिति र कारोबार अझै बढ्नेमा आफूहरु विश्वस्त रहेको महासचिव भरतकुमार अधिकारीले बताए ।

You might also like

Comments are closed.