बैंक अफ काठमाण्डूले शुरु गर्यो हेल्पलाईन सेवा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुबिधा प्रदान गर्ने उद्देश्यले हेल्पलाईन सेवा सुचारु गरेको छ । बैंकले आफ्ना ग्राहकलाई बैंकिङ कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुबिधाहरुको जानकारी तथा सेवा संचालनमा सहयोग गर्नको लागि हेल्पलाईन स्थापना गरेको छ ।

यस हेल्पलाईन सेवा अन्र्तगत ग्राहकले बैंकको कुनैपनि डिजिटल कारोबारहरुको कुनै जिज्ञासा भएमा यस बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सक्नेछन् । बैंकको मोबाईल बैंकिङ (BOK SMART),  इन्टरनेट बैंकिङ (BOK Click), क्यूआर कोर्ड (QR Code),  डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएम (ATM) तथा POS को कारोबारमा केहि समस्या आएमा बैंकका ग्राहक महानुभावहरुले हेल्पलाईन नम्बर ०१–५९१९९११ वा इमेल ठेगाना helpline@bok.com.np बाट सिधै सहयोग लिन सक्ने बताइएको छ ।

बैंकले सार्वजनिक गरेको यस हेल्पलाईन सेवाले ग्राहकहरुको बैंकिङ कारोबारमा तथा डिजिटल कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ ।

footwear zone

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

You might also like

Comments are closed.