‘डे आउट विथ मोटरहेड’ कार्यक्रम शनिबार हुने

काठमाडौं । मोटरहेड बाइकका ग्राहकबीच भाइचारा सम्बन्ध स्थापित गर्ने लक्ष्यसहित मोटरहेड बाइक राइड हुने भएको छ । ‘डे आउट विथ मोटरहेड’ कार्यक्रम चैत १२ गते शनिबार हुन लागेको हो । जेनेसिस एडभेन्चरको व्यवस्थापनमा राइड हुन लागेको हो ।

मोटरहेडको धोविघाट शोरुमबाट जेनेसिस क्याफे, शिवपुरी, चिसापानी, गोकर्णेश्वर हुँदै पुनः जेनसिस क्याफेसम्म राइड हुनेछ । राइडमा सहभागीहरुले बिहीबारसम्म नाम दर्ता गर्नुपर्ने जनाइएको छ । सल्लाघारी, बालाजु, टेकु र धोवीघाटमा रहेका मोटरहेड शोरुममा गएर राइडरले नाम दर्ता गर्न सक्नेछन् ।

मोटरहेडको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड हो । यस अगाडि पनि मोटरहेड राइड हुँदै आएका थिए । यस्ता कार्यक्रमबाट आन्तरिक पर्यटनको प्रवद्र्धनसहित ग्राहक तथा कम्पनीबीचको सम्बन्ध समेत सुमधुर हुने कम्पनीले विश्वास लिएको छ ।

footwear zone

मोटरहेड बाइकमा युवाहरुको आकर्षण देखिएको छ । बाइक बिक्रीसँगै पार्टसको उपलब्धता र बिक्री पछिको सेवालाई प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ । कम्पनीले एक्स्चेन्ज तथा सरल फाइनान्सको सुविधा समेत उपलब्ध गराउँदै आइरहेको छ ।

You might also like

Comments are closed.