शुक्रवारदेखी सातौं बन्दिपुर सडक खाना महोत्सब 

पुस ११,तनहुँ ।
अग्रेंजी नयाँ बर्ष २०१९ लाई स्वागत गर्न पहाडकी रानी बन्दिपुरमा सातौं बन्दिपुर सडक खाना महोत्सब हुने भएको छ ।

नयाँ बर्षमा बन्दिपुर आउने पर्यटकलाई लक्षित गरी टुडिखेल टोल सुधार समितिको आयोजनामा यही पुस १३ गतेदेखी १७ गतेसम्म सडक खाना महोत्सव आयोजना गरिएको हो ।

बन्दीपुरको मौलिक खाना, संगीत, संस्कृति प्रदर्शन तथा सम्रग बन्दिपुरको विकास गर्ने उद्धेश्यले समितिले बन्दीपुरको टुडिखेलमा महोत्सव गर्ने तयारी गरेको हो ।

footwear zone

‘बन्दिपुर जाऔ आन्तरिक तथा बाह्य पर्यटक प्रबद्र्धन गरौ,सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ’ भन्ने मुल नारा सहित आयोजना हुन लागेको उक्त महोत्समा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुती हुने आयोजकले जनाएको छ ।

महोत्सव अवधिमा पप कन्र्सट, लोक दोहोरी, स्थानिय मौलिक सांस्कृतिक प्रस्तुतिहरु रहने टुडिखेल टोल सुधार समितिका सचिव किसन प्रधानले जानकारी दिए ।

You might also like

Comments are closed.