पोखरामा टिभिएस एनटर्क र्याली सम्पन्न

पोखरा । पोखरामा टिभिएस एनटर्क र्याली सम्पन्न भएको छ । टिभिएसका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रा.लि. नयाँबजारबाट सुरु भएको र्याली पर्यटकीय क्षेत्र लेकसाइड, हेमजा हुँदै नौडाँडास्थित हिमालयन देउराली रिसोर्टसम्म पुगेको थियो ।

र्यालीमा टिभिएस एनटर्कका ९३ जना राइडरहरु सहभागी रहेको टिभिएसको लागि नेपालको बिक्रेता जगदम्बा मोटर्सकी स्कुटर सेगमेन्ट हेड करुणा पुडासैनीले जानकारी दिइन् ।

टिभिएस एनटर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनीबीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताइन् ।

footwear zone

नेपालमा टिभिएस एनटर्क ५० हजार बिक्री भएको अवसरमा राइड आयोजना गरिएको हो । राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो । बिजेतालाई बतास व्रदर्शका सिओओ राजेश रानाभाटले पुरस्कार वितरण गरेका थिए ।

You might also like

Comments are closed.