काठमाडौं । फोर्स मोटर्स नेपालले शुक्रबार मात्रै सार्वजनिक गरेको नयाँ गाडी गुर्खा ८ वटा बुकिङ भएका छन् । शुक्रबार बिक्री सार्वजनिक भएकै दिन ६ वटा र आइतबार थप २ वटा गाडी बुकिङ भएको आयातकर्ता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।
नेपाली बजारमा फोर्स गुर्खालाई ‘साहसीको प्रतीक’बाट ब्राण्डिङ गरिएको छ । ‘एडभेन्चर टुर मन पराउनेहरुको रोजाईमा यो गाडी पर्नेमा हामी विश्वस्त छौं,’ थापाले भने, ‘गाडीप्रति धेरै इन्क्वाएरी आइरहेको छ र टेष्ट ड्राइभ भइरहेको छ ।’
बुकिङ भएको गाडी छिट्टै डेलिभरी गरिने कम्पनीले जनाएको छ । काठमाडौं र पोखरामा टेष्ट ड्राइभका गाडी उपलब्ध रहेको र चितवन, बिराटनगर लगायतका शहरमा छिट्टै उपलब्ध हुने थापाले जानकारी दिए ।

‘ग्राउण्ड–अप मोडुलर आर्टिटेक्चर प्लेटफर्म’मा निर्मित यो गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी–वागनलाई प्रतिविम्बित गर्छ ।
लामो र चौडा वनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ । यसमा चारै जना यात्रुको लागि क्याप्टेन सिट लगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था छ ।
मर्सिडिज निर्मित २६०० सिसी इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा (सेग्मेंट) एक मात्र यस्तो गाडी हो जुन विना कुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्छ । यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पाँग्रामा भएको लक पनि अन्य भन्दा विशेष प्रकारको छ ।
अटो मिडिया यो गाडीको टेस्ट ड्राइभ सम्बधि गरेको कभरेजमा गुर्खाको डिजाइन, इस्टाइल र स्पेस अरु भन्दा उकृष्ट भएको जनाएका थिए ।
पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खाको वारेन्टी ३ लाख किमी वा ३ वर्ष छ । साथै ग्राहकहरुले चार पटकसम्म निःशुल्क सर्भिसिङ सेवा प्राप्त गर्नेछन् । दक्ष र अनुभवी जनशक्ति तथा अत्याधुनिक पूर्वाधार सहित द गोर्खा २०२१ को अधिकृत विक्रेताले ग्राहकलाई उच्च सेवा र सुविधा प्रदान गर्ने जनाइएको छ ।
शक्ति, क्षमता एवं स्टाइलमा सर्वोत्कृष्ट फोर्स गुर्खा नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त रहेको अध्यक्ष थापाले बताए । यो गाडीको मूल्य ७७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।




Comments are closed.