पोखरा । पोखरामा टिभिएसको ग्राण्ड एक्स्चेन्ज मेला सुरु भएको छ । टिभिएसको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास ब्रदर्श प्रालिले मेला आयोजना गरेको हो । आइतबार सुरु भएको मेला चैत १७ गतेसम्म जारी रहने प्रालिका प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिए ।
कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर एक्स्चेन्ज गरी नयाँ टिभिएस मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ । टिभिएस खरिदमा नकिन्दै ५० हजार रुपैयाँसम्म र किन्दा एक लाख रुपैयाँसम्म छुट पाउन सकिन्छ । वा थप १० हजार रुपैयाँ मूल्यांकलन तथा शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पनि लिन सकिनेछ ।
एक्स्चेन्ज गर्दा थप पैसा थप नगरी मासिक ५ हजार ९ सय ९९ रुपैयाँ किस्तामा टिभिएस खरिद गर्न सकिनेछ । किनेपनि नकिने पनि टिभिएस नेपालको सोसियल मिडियामा सहभागी भइ अपाचे आरआर ३१० बम्परमा ३ जनाले प्राप्त गर्नसक्नेछन् । हेलमेट, बाइक कभर, रेनकोट लगायत एसेसरिज निःशुल्क प्राप्त गर्न सकिने पोखरेलले जानकारी दिए ।

टिभिएसको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स हो ।




Comments are closed.