कोभिड पछि बैंकहरुले कर्जा दिन आनाकानी गरेको व्यवसायीको गुनासो

पोखरा । नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमी समिति गण्डकी प्रदेशको आयोजनामा आइतबार व्यवसाय जीवन रक्षा कोष सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित व्यवसायीले कोभिड पछिको समय बैंकहरुले कर्जा दिन आनाकानी गरेको भन्दै गुनासो व्यक्त गरेका छन् ।

महिला उद्यमी समिति गण्डकीका अध्यक्ष चिनु गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रम बोल्दै नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमीका केन्द्रीय अध्यक्ष रोशनी उपाध्यायले अहिले धेरथोर लगानी गरेर उद्यमशील बन्दै गएको बताइन् । उनले उद्यममा केही समस्या भएकाले अब समस्या समाधान गर्न पनि अग्रसर हुन आग्रह गरिन् ।

गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका उपसचिव मुक्ति भण्डारीले कोभिडका कारण नेपालमा व्यवसायी उद्यमीहरुलाई प्रत्यक्ष असर परेकाले सहयोग गर्ने र व्यवसायलाई कसरी चलायमान गराउने भन्ने कार्यविधि निर्माण भएको बताए ।

footwear zone

नेपाल राष्ट्र बैंकका उपनिर्देशक प्रतिभा अधिकारीले उद्यमीहरुलाई सहज रुपमा बैंकहरुले कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष चिनु गुरुङले व्यवसायका लागि प्रदेश सरकारबाट भएको सूचना प्रवाह गर्न सामाजिक सञ्जालले आफुूहरुलाई फाइदा पु¥याएको बताइन् । कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र नेपाल राष्ट्र बैंक पोखराले सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन महासचिव वसन्त केसीले गरेकी थिइन् भने धन्यवाद मन्तव्य वरिष्ठ उपाध्यक्ष अनिता मल्ल केसीले राखेकी थिइन् । प्रदेश स्तरीय भेलामा १० जिल्लाबाट १ सय ५० जना उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको अध्यक्ष गुरुङले जानकारी दिइन् ।

 

You might also like

Comments are closed.