ज्योती फाउण्डेशनद्वारा होण्डा जेनेरेटर सहयोग

काठमाडौं । नेपालका लागि होण्डा ब्राण्डका जेनेरेटर तथा अन्य होण्डा पावर प्रोडक्टहरुको एक मात्र आधिकारिक वितरक स्याकार टे«डिङ कम्पनी प्रा.लि.ले. विभित्र स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ ।

हिमाली क्षेत्रका अति बिकट ठाउँ जहाँ स्वास्थ्य सेवामा कम पहँुच वा पहुँच नै नभएको क्षेत्रमा स्वास्थ्य सेवा तथा हिमालय उद्धार कार्य गर्ने गैरसरकारी संस्था श्री हिमालय उद्धार संघ नेपाललाई प्रालिले सहयोग गरेको हो ।

अक्सिजन, भिडियो एक्सरे तथा अन्य डायग्नोष्टिक उपकरणहरु संचालन गरी स्वास्थ्य शिबिर संचालन तथा उद्धार कार्यमा सहज बनाउने उद्देश्यले प्रालिले सहयोग गरेको हो ।

footwear zone

ज्योती समूहका अध्यक्ष पद्म ज्योती, ज्योती फाउण्डेशनका संचालक मिरा ज्योती र स्याकार टे«डिङ कम्पनी प्रा.लि. का अध्यक्ष सौरभ ज्योती र उपाध्यक्ष सुह्ृद ज्योतीले एक कार्यक्रमबीच उक्त संस्थालाई सहयोग स्वरुप होण्डा जेनेरेटर हस्तान्त्रण गरेका हुन् ।

You might also like

Comments are closed.