काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले राप्ती गाउँपालिका ८ पिपरी, दाङस्थित नीलसागर असहाय अशक्त तथा ज्येष्ठ नागरिक पूनः स्थापना केन्द्र (निलसागर सेवा आश्रम) लाई सहयोग गरेको छ । खाद्य वस्तुहरु, डस्टबीन तथा अन्य सामग्रीहरु सहयोग गरिएको बैंकले जनाएको छ ।
बैंकले निलसागर सेवा आश्रमलाई एक कार्यक्रमबीच उक्त सामग्रीहरु हस्तान्तरण गरेको छ । कार्यक्रममा बैंकका तर्फबाट सिसहनिया शाखाका प्रबन्धक दीपक कुमार पाण्डे र अन्य कर्मचारीहरुको उपस्थिति तथा निलसागर सेवा आश्रमका सदस्यहरुको उपस्थिति थियो ।
सहयोगबाट आश्रम आश्रित ज्येष्ठ नागरिक, अशक्त नागरिकको पूनः स्थापना गर्न मद्दत पुग्ने बैंकको विश्वास छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।




Comments are closed.