माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनी सप्ताह 

काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनी सप्ताह माछापुच्छ्रे बैंकले भनाएको छ । मार्च २१ देखि २७ सम्म परेको ग्लोबल मनी विक अन्तर्गत बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरुमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

बैंकले देशका ७ वटै प्रदेशमा स्थानीय स्कुल कलेज, क्लबहरुसंग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरि अन्तरक्रिया तथा साक्षरता ¥यालीहरुको आयोजना गरी विक मनाएको हो ।

बैंकले शनिबार काठमाडौं लगायत देशका विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता जगाउने उद्देश्यले ¥याली निकालेको थियो । ¥यालीमा बैंकका संचालक समितिका सदस्य जयमुकुन्द खनाल, प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायत काठमाडौं उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेखनीय सहभागिता थियो ।

footwear zone

सप्ताहकै अवसरमा काठमाडौं बाहिर लुम्बिनी प्रदेशको भरहबा र नेपालगन्ज, मधेश प्रदेशमा गोलबजार र जनकपुर प्रदेश नं. १ मा ईट्टहरी र बिर्तामोड, सुदुरपश्चिम प्रदेशमा धनगढी र गण्डकी प्रदेशमा पोखरा लगायतका स्थानहरुमा पनि वित्तीय साक्षरता ¥यालि  निकालेको थियो ।

सप्ताह भरि बैंकका शाखाहरुले विभिन्न स्कुल, कलेज तथा स्थानीय क्लबहरुमा विभिन्न उमेर समूहलाई लक्षित गर्दै वित्तीय साक्षरता अन्तर्गत वित्तीय ज्ञान, सुरक्षित तथा डिजिटल बैंकिङ कारोबार सम्बन्धी सचेतना जगाउने उद्देश्यले अन्तरकृया कार्यक्रमहरुको आयोजना गरेका थिए ।

माछापुच्छ्रे बैंक लि. ले आम ग्राहक वर्गलाई लक्षित गर्दे यसअघिपनि विभिन्न समयमा विभिन्न माध्यमहरु मार्फत वित्तिय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आएको थियो ।

बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको ।

You might also like

Comments are closed.