एनआरएनएको महान उद्देश्य पूरा गर्न एकता कायम गरेका छौंः डा. केशव पौडेल

काठमाडौं । गैर आवासीय नेपाली संघका नवनिर्वाचित महासचिव डा. केशव पौडेलले वादविवाद र असहमतिकाबीच पनि गैरआवासीय नेपालीका मुद्दा सम्बोधनका लागि एकता कायम गरेको बताएका छन् । आफ्ना तर्फबाट एक वक्तव्य जारी गर्दै उनले जीवन्त संस्थामा वादविवाद आए पनि संस्थाको महान लक्ष्य पूरा गर्न सबै असहमति बिर्सेर एकता कायम गरेको उल्लेख गरेका छन् ।

जीवन्त र सक्रिय संस्थामा कुनै विषयमा वाद विवाद आउनु वा कुनै विषयमा पक्ष वा विपक्ष हुनुलाई अन्यथा लिनु हुँदैन,’ उनले भनेका छन्, ‘तर त्यसले संस्थाको मुल उद्देश्यलाई हानी पु¥याउन भने हुँदैन । संस्थाको  महान लक्ष्य भन्दा पर कोही जानु हुँदैन ।’

गैर आवासीय नेपाली संघ स्थापना भई १९ वर्ष भैसक्दा यसको कार्यक्षेत्रको दायराहरु पनि फराकिलो बन्दै गएको भन्दै तत्कालिन र दीर्घकालिन उद्देश्यहरु  दिनानुदिन बढ्दै गईरहेको उनले उल्लेख गरेका छन् ।

footwear zone

नेपाली नागरिकताको निरन्तरता, दोहोरो कर प्रणालीको खारेजी, एनआरएनहरुलाई व्यवहारतःलगानी मैत्री वातावरण निर्माण, श्रममा जाने नेपालीलाई संचय कोषको प्रबन्ध  जस्ता धेरै मुद्दाहरु सम्बोधन हुनुपर्ने आवश्यकता रहेको भन्दै महासचिव पौडेलले यसका लागि निश्चयनै एकतावद्व एनआरएनएको आवश्यकता रहने उल्लेख गरे ।  बलियो एनआरएनए रहँदा गैर आवासीय नेपालीका धेरै मुद्दाहरुलाई सम्बोधनका लागि संघले ठोस पहलकदमी लिन सक्दछ, उनले भनेका छन्, यसर्थ पनि एनआरएनएलाई एकतावद्व बनाउनु आवश्यक रहेको छ ।

अझ प्रभावकारी एनआरएनए बनाउनका लागि एकतावद्व एनआरएनएको विकल्प थिएन भन्दै उनले सबैको भावनालाई समेटेर संघको नयाँ कार्यसमितिको निर्माण भएको बताए  ।  यस समितिमा आफूलाई महासचिवको जिम्मेवारी प्राप्त भएको भन्दै उनले भनेका छन्, म सबै एनआरएनए अभियन्ताहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । मलाई प्राप्त जिम्मेवारीमा न्याय गर्दै आफ्नो तर्फवाट गैर आवासीय नेपालीको अभियानलाई बल पुग्ने गरी कार्य गर्ने प्रतिवद्वता समेत व्यक्त गर्दछु ।

You might also like

Comments are closed.