‘डिप बोरीङ तथा रिजर्भायर ट्याङ्की’ आयोजनाका लागि कोषसँग ऋण सम्झौता

काठमाडौं । नगर विकास कोषको खानेपानी तथा सरसफाई कार्यक्रम अन्तरगत धनकुटा नगरपालिकामा “डिप बोरीङ तथा रिजर्भायर ट्याङ्की” आयोजनाका लागि ऋण सम्झौता सम्पन्न भएको छ ।

कोषको खानेपानी तथा सरसफाई कार्यक्रम अन्तरगत धनकुटा नगरपालिकामा “डिप बोरीङ तथा रिजर्भायर ट्याङ्की” निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि मंगलबार धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाबीच तीन करोड आठ लाख ५६ हजार रुपियाँको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

आयोजना निर्माणको कुल अनुमानित लागत अंक तीन करोड ४२ लाख ८५ हजारको ९० प्रतिशत रकम कोषको तर्फबाट ऋण र १० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने बताइएको छ । ऋण सम्झौता कार्यक्रममा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राम बहादुर थापा, प्रशासन, योजना तथा अनुगमन अधिकृत सीताराम र आर्थिक विकास अधिकृत विकास अधिकारीको पनि उपस्थिती रहेको थियो ।

footwear zone

दोस्रो खानेपानी तथा सरसफाई आयोजना अन्तरगत निमार्ण सम्पन्न हाल सञ्चालनमा रहेको धनकुटा खानेपानी तथा ससरसफाई आयोजनाको सेवा प्रवाहमा सुधार गर्ने उद्देश्यले धनकुटा नगरपालिकाको वडा नं। १, ३, ४ र ६ मा डिप बोरिङ र वडा नं। १ मा रिजर्भायर ट्याङ्कीको निर्माण तथा व्यवस्थापनका लागि नगरपालिकाबाट कोषको ऋण स्वरुप स्रोत व्यवस्थापन गरिएको छ भने कोषको यस वित्तीय सहयोगबाट आयोजनाको सेवा प्रवाहमा सुधार भई कोषको ऋण असुलीमा समेत सकरात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुखले धनकुटा खानेपानी तथा ससरसफाई आयोजनालाई दिगो रुपमा सञ्चालन गराउने नगरपालिकाको समेत जिम्मेवारी भएकोले नगपालिकाले डिप बोरिङ्गका सम्बन्धमा विस्तृत अध्ययन सहित आयोजनालाई अगाडि बढाइएको जनाउँदै आयोजना समयमा गुणस्तरीय रुपमा सम्पन्न भइ सम्बन्धित आयोजना क्षेत्रका उपभोक्ताहरुलाई सहज ढंगबाट खानेपानी सेवा प्रवाह हुने विश्वास व्यक्त गरे ।

You might also like

Comments are closed.