द्वन्द्वले रुस र युक्रेनको अर्थतन्त्र प्रभावित हुने

लन्डन ।

रुसको अर्थतन्त्र यस वर्ष १० प्रतिशत र युक्रेनको कुल गार्हस्थ्य उत्पादन २० प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको छ ।

पुनर्निर्माण र विकासका लागि युरोपेली बैंकका अनुसार दुई देशबीचको युद्धले ५० वर्षको लागि “सबैभन्दा ठूलो आपूर्ति झटका” निम्त्याउनेछ।

footwear zone

फेब्रुअरी २४ मा रुसले आफ्नो पश्चिमा समर्थक छिमेकीमाथि आक्रमण गर्नुअघि लन्डनस्थित युरोपेली बैंक फर रिकन्स्ट्रक्सन एण्ड डेभलपमेन्टले यो वर्ष युक्रेनी जीडीपी ३.५ प्रतिशतले वृद्धि हुने र रुसी अर्थतन्त्र तीन प्रतिशतले विस्तार हुने भविष्यवाणी गरेको थियो । (रासस-एएफपी)

You might also like

Comments are closed.