काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले पर्यटकीय क्षेत्र रारामा मिटिङ गर्ने भएको छ ।
आगामी जेठ ५, ६ र ७ गते ३ दिने कार्यक्रमसहित नाडा टोली रारा जाने भएको हो ।
नाडा कार्यसमितिको मिटिङसहित कर्णालीका अटोमोबाइल व्यवसायीहरुसँग रारामा छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको नाडाका महासचिव सुरेशकुमार उप्रेती (सुरेन्द्र)ले जानकारी दिए ।

‘पर्यटन प्रवद्र्धनको लक्ष्य लक्ष्यसहित रारामा मिटिङ गर्नेगरी भ्रमण गर्न लागेका हौं,’ उनले भने । नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा बिहीबार बसेको बैठकले रारामा मिटिङ गर्ने लगायत विविध निर्णय भएको जनाइएको छ ।




Comments are closed.