पोखरा । नेपाल अडिटर्स एसोसिएसन (अडान) कास्कीको अध्यक्षमा कमलबहादुर रेग्मी निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न छैटौं अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा केशवराज ढकाल, सचिवमा गुणानिधि पाण्डे, सहसचिवमा कृष्णप्रसाद ढुंगाना, कोषाध्यक्षमा मधुमान कतिला निर्वाचित भएका छन् ।
सदस्य नारायणप्रसाद द्वा, अर्जुनप्रसाद पौडेल, तेजेन्द्र खनाल, झलकनाथ पौडेल, गोपाल तिमिल्सिना, अमरबहादुर थापा, भगवान अधिकारी, लिलबहादुर थापा निर्वाचित भएको निर्वाचित समितिले जनाएको छ ।


अडानका केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।




Comments are closed.