‘नेपाललाई श्रीलंका हुनबाट जोगाऔं’

काठमाडौं । युवा उद्योगी प्रवल जंग पाण्डेले नेपाललाई श्रीलंका हुनबाट जोगाउनुपर्ने बताएका छन् । यस वर्ष व्यापार घाटा १८ खर्ब पुग्ने अनुमान गरिएको बताउँदै उनले व्यापार घाटा कम गर्नतर्फ लाग्नुपर्ने धारणा राखेका छन् । व्यापार घाटाको यो अनुमान अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशतले बढी हो ।

सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गर्दै उनले व्यापार घाटा घटाउन निर्यात बढाउनतर्फ र आयात घटाउनतर्फ लाग्नुपर्ने बताए ।

‘नेपालको व्यापार घाटा अरुले कम गराउने हैन, हामी नेपालीले नै हो । यसको लागि कि त निर्यात बढाउनु पर्यो । कि त आयात घटाउनु पर्यो,’ उनले भने, ‘तत्काल आयात प्रतिस्थापन गर्न सकिने वस्तुको पहिचान र यसको नेपाल मै उत्पादन हुनुपर्छ ।’

footwear zone

विद्युत उत्पादन र निर्यातमा तिब्रता, कृषिमा व्यावसायीकरण र उत्पादकत्व वृद्धि गरी कृषिको परनिर्भरता घटाउनुपर्ने उनले बताए । ‘ईन्धनको खपत कम गर्न सार्वजनिक यातायात र विद्युतीय सवारी साधनमा प्रोत्साहन गर्नुपर्छ,’ उनले भने, ‘आवश्यक नभएका बिलासी बस्तुको खपत कम गर्दै जाऔं ।’

तुलनात्मक लाभ लिन सकिने बस्तुको पहिचान गरी निर्यातमा प्रोत्साहन गर्नुपर्ने (उदाहरण सिमेन्ट र प्रशोधित जडिबुटी) उनले बताए । ‘पर्यटनलाई अन्तर्राष्ट्रिय रुपमा नै ब्राण्डिङ गरी पर्यटकको संख्यामा उल्लेख्य बृद्धि गर्नुपर्ने उनको भनाइ छ । ‘नेपाललाई श्रीलंका हुनबाट जोगाऔं,’ उनले भने ।

You might also like

Comments are closed.