सुजुकीले ल्यायो ‘ह्याप्पी न्यु कार’ ग्राहक योजना

काठमाडौं । .नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस नया बर्षका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी ह्याप्पी न्यु कार ’ सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले २ लाख रुपैयाँसम्म बराबरको नगद छुट, १ लाख २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजार सम्म अतिरिक्त छुट पाउनेछन् ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन् । सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, सेलेरिओ, इग्निस्, स्विफ्ट, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री बितरण गर्दै आएको छ ।

footwear zone

यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको छ ।

 

You might also like

Comments are closed.