रोट्रयाक्टद्धारा विद्यार्थीलाई स्विटर र झोला वितरण

पुस १३,तनहुँ ।

रोट्रयाक्ट क्लबले तनहुँको व्यास नगरपालिका वडा नम्बर ११ बोर्धन सेरामा विद्यार्थीलाई स्विटर र झोला वितरण गरेको छ ।
रोट्रयाक्ट क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ मनोहराले संयुक्त रुपमा विद्यार्थीलाई स्विटर झोला र शैक्षिक सामाग्री वितरण गरेको हो ।

क्लबले सेरा स्थित तातोपानि प्राथमिक विद्यालयका २६ जना विद्यार्थीहरुलाई सो सामाग्री वितरण गरेको हो । रोट्रयाक्ट क्लब अफ दमौलीले आफ्नो ट्विन क्लब रोट्रयाक्ट क्लब अफ मनोहरा संग पहिलो पटक कार्यक्रम गरेको रोट्रयाक्ट क्लब अफ दमौलीका सचिव एवं कार्यक्रमका संयोजक सुशान्त अधिकारीले जानकारी दिए ।

footwear zone

उक्त कार्यक्रममा रोट्रयाक्ट क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष शिखर लाल डोटेल, रोट्रयाक्ट क्लब अफ मनोहराका निवर्तमान अध्यक्ष विकास खड्का, विद्यालयकी प्राधानाध्यापक शान्ता देवी सेढाई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर आले, शिक्षक अभिभावक संघका अध्यक्ष डिल बहादुर रिमाल लगायतले बोलेका थिए ।

स्वार्थ भन्दा माथि सेवा भन्ने नाराका साथ रोट्रयाक्ट क्लब अफ दमौली र मनोहराले संयुक्त रुपमा जाडोमा विद्यार्थीलाई स्विटर र झोला वितरण गरेको रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठले बताए ।

कार्यक्रमको अध्यक्षता रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठ र रोट्रयाक्ट क्लब अफ मनोहराका अध्यक्ष बिपेन्द्र बस्नेतले संयुक्त रुपमा गरेका थिए भने स्वागत क्लबका आगामि वर्षका अध्यक्ष मनोज राउतले र संचालन क्लबका कोषाध्यक्ष राज श्रेष्ठले गरेका थिए ।

You might also like

Comments are closed.