काठमाडौं । विद्युत नियमन आयोगका नवनियुक्त सदस्य गौतम डंगोलले सपथ ग्रहण गरेका छन् । आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले उनलाई सपथ ग्रहणसहित कार्यालयमा स्वागत गरेका हुन् । नवनियुक्त सदस्य डंगोलसँग बैंकिङ क्षेत्रमा झण्डै २ दशक काम गरेको अनुभव छ ।
आयोगको काममा डंगोलको नियुक्तिले महत्त्वपूर्ण योगदान पुग्ने अध्यक्ष सिंहले विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नवनियुक्त सदस्य डंगोलले आयोगको लक्ष्य र उदेश्य पुरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा आयोगका सदस्य भागीरथी ज्ञवाली, सचिव गोकर्ण देव पन्त लगायतले बोलेका थिए ।




Comments are closed.