काठमाडौं । लुम्बिनी विकास बैंक लि. ले २६ औं पटक सगरमाथाको आरोहण गर्न लागेका विश्व किर्तीमानी पर्वतारोही कामी रिता शेर्पालाई शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।
विश्वको सर्वाेच्च शिखर सगरमाथाको २५ पटक सफल आरोहण गरी विश्व किर्तीमान कायम गरी सक्नुभएका किर्तीमानी आरोही कामी रिता शेर्पाले २६ औं पटक पुनः आरोहणको लागि प्रस्थान गर्न लागेकोमा उनकोे सफल आरोहणको लागी बैंकले समेत सहकार्य गर्दै बैंककोे लोगो अंकित झण्डा बैंकका अध्यक्ष दशरथ रिसालले किर्तीमानी पर्वतारोही शेर्पालाई हस्तान्तरण गरे ।
किर्तीमानी पर्वतारोही शेर्पा बिगत दुई दशक देखि यस लुम्बिनी विकास बैंक लि. मा “निरन्तर सहयात्री” बनि आबद्घ छन् । उनको यो किर्तीमानी आरोहण आफ्नो लागी मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पुर्ण नेपालको लागि आफुले सगरमाथा २६ औं पटक आरोहण गर्न लागेको बताए । उनको यस कार्यले लुम्बिनी विकास बैंक लि. साथै सम्पुर्ण नेपाल तथा नेपालीलाई गौरवान्वित बनाएको छ ।

हाल यस बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा थप ७ शाखा खोल्नको लागी तयारी अवस्थामा छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।




Comments are closed.