शोकाकुल पालिखे परिवारलाई समवेदना प्रकट गर्दै निजी क्षेत्रका नेताहरु

आर्थिक आवाज
पोखरा, १४ पुस । पोखराका विशिष्ट व्यक्तिहरुले पोखरेली आमा उत्तराकुमारी पालिखेप्रति शनिबार श्रद्धाञ्जली अर्पण गरेका छन् । उनीहरुले पालिखे परिवार किरिया बसेको पोखरा महानगरपालिका वडा नम्बर ४ फिर्केपुलस्थित बुढानिलकण्ठ आवासीय किरिया कर्म भवनमा पुगेर स्वर्गीय आमा उत्तराकुमारी पालिखेप्रति श्रद्धाञ्जली तथा शोकमा रहेका पालिखे परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका हुन् ।

शनिबार पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइराला, पूर्व मन्त्री तथा सांसद कुमार खड्का, गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा पालिखे परिवार भेट्न फिर्केपुलस्थित बुढानिलकण्ठ आवासीय किरिया कर्म भवन पुगेका थिए ।

पूर्व सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य राजकाजी गुरुङ ‘करण’, गण्डकी प्रदेशका सांसद रामजी बराल ‘जीवन’, पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष प्रकाशमोहन खनाल, मुक्तिनाथ सन्त सेवा आश्रमका हुतराज श्रेष्ठसहितको टोली पनि शनिबार पालिखे परिवारजन भेट्न फिर्के पुगेका थिए ।

footwear zone

शनिबार नै नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा प्रा.डा.रामचन्द्र पोखरेल, जनप्रिय बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ईन्द्रबहादुर कुँवरलगायतपनि पालिखे परिवारजनलाई भेट्न पुगेका थिए ।

धर्मशिला बुद्ध विहार महिला उपसमितिका संस्थापक अध्यक्षसमेत रहेकी पोखरेली आमा उत्तराकुमारी पालिखेको निधनप्रति श्रद्धाञ्जली तथा पालिखेजन परिवारप्रति समवेदना व्यक्त गर्न धर्मशिला बुद्ध विहारका गोविन्दबहादुर ताम्राकार, तेजेन्द्र शाक्य, बिमल बुद्धाचार्य, सुदीप प्रधानाङ्गलगायतको परिवार पनि शनिबार पुगेका थिए ।

गणेश गुठी सेवा समिति पोखराका संस्थापक अध्यक्ष एवम् प्रजातन्त्र सेनानी स्वर्गीय दयाशंकर पालिखेकी श्रीमती तथा पोखरेली आमा उत्तराकुमारी पालिखेको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न गणेश गुठी सेवा समिति पोखराका उपाध्यक्ष पूर्णमान पालिखेसहितको टोली शनिबार पुगेको स्वर्गीय पोखरेली आमा उत्तराकुमारी पालिखेका छोरा विश्वशंकर पालिखेले जानकारी दिए । विश्वशंकर पालिखे पोखरा उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष हुन् ।

स्वर्गीय पालिखेको निधन भएको शनिबार छैटौं दिन भएको छ । पालिखे परिवार अहिले पोखराको फिर्केपुलस्थित बुढानिलकण्ठ आवासीय किरिया कर्म भवनमा किरिया कर्म गरिरहेका छन् ।

You might also like

Comments are closed.