माछापुच्छ्रे बैंकद्वारा मोबाइल बैंकिङ एप, ‘एमबिएल एम-स्मार्ट’को सुरुवात

काठमाडौं । बैंकिङ क्षेत्रमा नयाँ-नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, ‘एमबिएल एम–स्मार्ट’को सुरुवात गरेको छ । यस अघि माछापुच्छ्रे मोबाइल मनी (एमथ्रि)को रुपमा संचालनमा रहेका मोबाइल बैंकिङ एपलाई बैंकले ओम्नी च्यानलमा आधारित परिस्कृत र परिमार्जित गरि एमबिएल एम–स्मार्टको रुपमा शुभारम्भ गरेको हो ।

विभिन्न नयाँ सुविधा सहित शुभारम्भ गरिएको यो एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिस्टेसन गर्न सकिने, मोबाइलबाटै खाता खोल्न सकिने, मोबाइल फोनबाट नै लोन लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी क्युआर भुक्तानी गर्न मिल्ने, विभिन्न मोबाइल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ती पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाले भरिपूर्ण रहेको बैंकले जनाएको छ ।

यो एपलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दै ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ संचालनमा ल्याइएको बैंकले जनाएको छ ।

footwear zone

समय सापेक्ष आफ्ना सेवा सुविधालाई थप पस्किृत र परिमार्जित गर्दै लैजाने रणनीति तथा ग्राहकलाई पूर्णरुपमा डिजिटल सेवाहरु प्रदान गर्ने लक्ष्य सहित बैंक अगाडि बढिरहेको विज्ञप्तिमा जनाइएकोे छ । बैंकले नेपालमै पहिलो पटक ‘वि च्याट पे’ सुरुवात गरेका थियो ।

त्यस्तै आर्टिफिसियल इन्टेलेजेन्सीमा आधारित च्याटबट ‘माया’ पनि नेपालमा पहिलो पटक माछापुच्छ्रे बैंकले नै शुभारम्भ गरेको हो । बैंकले ओम्नी च्यानलमा आधारित अत्याधुनिक कल सेन्टर, व्यक्तिगत तथा कर्पोरेट इन्टरनेट बैंकिङ, आफ्नै वालेट रेमिट एप लगायतका यस्ता थुपै सुविधाहको माध्यमबाट ग्राहकहरु बैंक आउनै पर्ने बाध्यता कम गर्दै लगेको छ ।

नयाँ नयाँ डिजिटल सेवाको साथमा ग्राहकहरुलाई डिजिटल युगको अनुभव प्रदान गर्दै आफूलाई एउटा स्मार्ट बैंकको रुपमा सधै अग्र स्थानमा राख्न सफल भएको छ । बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको ।

You might also like

Comments are closed.