‘अब स्वदेशी उद्योगको जागरण अभियान शुरु गर्नुपर्छ’

काठमाडौं । स्वदेशी उद्योगको जागरण अभियान सुरु गर्ने समय आएको उद्योगी व्यवसायीहरुले बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुसँग नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग मंगलबार उद्योग मन्त्रालयमा भएको भेटबार्तामा बोल्दै महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले देशको समृद्धिका लागि स्वदेशी उद्योगको विकास अनिवार्य रहेको बताए ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना दिने क्रममो भेटबार्ता आयोजना गरिएको हो ।

महासंघ टोलीले लघु, घरेलुु तथा साना उद्योगले अहिले भोग्नु परेको समस्या र समाधानका उपायबारे आफ्नो लिखित राखेको छ । उक्त रायमा स्वदेशी बस्तु र उद्योगलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढ्नुपर्ने माग गरिएको छ ।

footwear zone

महासंघको लिखित अनुरोध पत्र बुझ्दै मन्त्री बडुले मुलुकको आर्थिक आधारशिला नै लघु, घरेलु र साना उद्योग भएको हुँदा यीनको प्रबद्र्धनका लागि संविधानको प्राबधान भित्र रहेर आवश्यक नीति–नियम तयार गर्न र संरचनागत सुधार गर्न आफू लागि पर्ने बताएका छन् ।

सो अवसरमा उद्योग सचिव अर्जुनप्रसाद पोखरेल र वाणिज्य सचिब गणेशप्रसाद पाण्डेको पनि उपस्थिति रहेको महासंघका केन्द्रीय सदस्य कमल सिंहले जानकारी दिए ।

You might also like

Comments are closed.