काठमाडौं । यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत ट्याक्सीको वर्गीय संयोजकमा व्यवसायी प्रकाशमणि तिवारी सर्वसम्मत निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न छैटौं महाधिवेशनबाट उनी संयोजकमा निर्वाचित भएका हुन् । उनी पोखरेली ट्याक्सी सेवा प्रा.लि.का संस्थापक अध्यक्ष हुन् ।
महासंघको अध्यक्षमा विजयबहादुर स्वाँर पनि सर्वसम्मत निर्वाचित भइसकेका छन् । यसअघि तीन कार्यकाल वरिष्ठ उपाध्यक्ष भएका स्वाँर छैँटौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा ऐनकुमार साई, पुण्यप्रसाद सिटौला सरोज र हरिशरण केसी निर्वाचित भएका छन् ।
महासंघको महासचिवमा डेकनाथ गौतम, उपमहासचिवमा पुरुषोत्तम सिंखडा, गगन रोका र शम्भु रिजाल, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ तथा सहकोषाध्यक्षमा अर्जुन गौतम निर्विरोध निर्वाचित भएका छन् ।




Comments are closed.