सिलवाल, पाण्डे, परियार र शर्मालाई अचिभर्स अवार्ड

काठमाडौं । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमबीच सिल्भर क्राउनले समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई अचिभर्स अवार्ड २०७८ ले सम्मान गरेको छ । कार्यक्रममा अचिभर्स अवार्ड २०७८ बाट गोल्डेनगेट ईन्टरनेशनल कलेज तथा हिसानका अध्यक्ष शिक्षाविद् रमेश सिलवाल, व्यवसायी प्रज्वल जङ पाण्डे, गायक शिव परियार, सहारा बिजनेस ग्रुपका अध्यक्ष तथा युवा ब्यबसायी सुदर्शन राज शर्मा सम्मानित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नबिल बैंकका अध्यक्ष बैंकर उपेन्द्र पौडेलले समाज परिवर्तनको लागि यस्ता कार्यक्रमहरुले सबै व्यक्तित्वहरुलाई प्रेरणा मिल्ने र यस्ता कार्यक्रमहरुको आयोजना हुँदा सकारात्मक प्रभाव पर्ने बताए । समाजका विभिन्न विधामा सफल व्यक्तिहरुलाई अझ निरन्तर आफ्नो क्षेत्रबाट देश विकासमा लाग्नु महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा गायक तथा समाज सेवी निर्णय श्रेष्ठले सम्मानित व्यक्तित्वहरुलाई शुभकामना दिदै युवाहरुले सम्मानित व्यक्तित्वहरुको जीवनीबाट धेरै कुरा सिक्नुपर्ने बताए ।

footwear zone

सिल्भर क्राउनकी अध्यक्ष अनुजा आचार्यले युवाहरुको लागि उत्प्रेरक कार्यक्रमहरु गर्ने योजनाका साथ सिल्भर क्राउनको स्थापना गरिएको र निकट भबिष्यमै मिस एन्ड मिसेस कर्पोरेट नेपाल तथा मिस एस ई ई ईन्टरनेशनलको आयोजना गर्न लागेको जानकारी गराइन् ।

You might also like

Comments are closed.