काठमाडौं । एसोसिएसन अफ एलायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट १०२३ नेपाल अन्तर्गत एलायन्स क्लब अफ काठमाडौं सिटीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरणबाट वर्ष २०२२–२३ का लागि क्लब प्रेसिडेन्टमा सुवर्ण श्रेष्ठ सर्वसम्मत निर्वाचित भएकी छन् ।
प्रथम भाइस प्रेसिडेन्टमा प्रितिमा आचार्य, द्वितीय भाइस प्रेसिडेन्टमा दिया देबकोटा, क्लब सचिबमा वीरबहादुर बम्जम, क्लब कोषाध्यक्षमा बिक्रम सिंह गुरूङ चयन भएका छन् ।


कार्यक्रम निबर्तमान डिष्ट्रिक्ट गर्भनर नन्दराज पोखरेलको प्रमुख आतिथ्यतामा काठमाडौँको अनामनगरस्थित कार्निभल क्याफेमा सम्पन्न भएको हो । डिष्ट्रिक्ट गभर्नर राहुल रेग्मीले एलायन्स क्लबबारे तथा आगामी वर्ष २०२२÷२३ को कार्यक्रमबारे मन्तब्य राखेका थिए ।




Comments are closed.