विश्व ध्यान दिवस मनाउन नेपालले प्रस्ताव गर्नुपर्छ : स्वामी आनन्द अरुण

काठमाडौं । स्वामी आनन्द अरुणले विश्व ध्यान दिवस मनाउनुपर्ने बताएका छन् । विश्वभर ध्यानको महत्व बढ्दै गएको बताउँदै उनले विश्व ध्यान दिवस मनाउन संयुक्त राष्ट्रसंघमा नेपालले प्रस्ताव लग्न उनले सुझाव दिए ।

मानिसहरुबीच बढ्दो तनावलाई कम गर्न ध्यान जरुरी रहेको बताउँदै ओशो तपोवनका संरक्षक तथा संस्थापक वोधिसत्व स्वामी आनन्द अरूणले विश्व ध्यान दिवसमार्फत ध्यानको महत्व संसारभर फैलाउनुपर्ने बताए ।

नेपाली नयाँ वर्षको पहिलो दिन काठमाडौंको टुँडीखेलमा आयोजित ध्यान, नृत्य र उत्सवको बृहद सेलिब्रेसन कार्यक्रममा बोल्दै स्वामी आनन्द अरुणले बुद्ध जयन्तीको दिन विश्व ध्यान दिवस मनाउन सकिने धारणा राखे । मानिसहरुमा आध्यात्मिक जागरण जरुरी रहेको र ध्यानबाटै त्यो सम्भव रहेको उनले बताए ।

footwear zone

ओशो तपोवनसँगको सहकार्यमा ओम नेपाल मिडिया प्रालिद्वारा आयोजित उक्त कार्यक्रममा हजारौं मानिसहरुले खुल्ला चौरमा एक साथ ध्यान गरेका थिए । कार्यक्रमका कारण टुँडिखेल क्षेत्र पुरै ओशोमय बनेको थियो ।

उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालमा ध्यानको महत्व बढाउन स्वामी आनन्द अरुणको भूमिका महत्वपूर्ण र प्रशंसनीय रहेको धारणा राखे ।

कार्यक्रममा हाँस्य कलाकार मनोज गजुरेल, भारतको प्रतिष्ठित पद्यश्री पुरस्कारबाट सम्मानित भारतीय सुप्रसिद्ध निर्गुण भक्ति संगीतका महारथी गायक प्रह्लाद सिंह टिपानिया, नेपालको चर्चित संगीत व्याण्ड ‘कुटुम्ब’, गायिका बेनिशा पौडेल, प्रदिप रोदन, कलाकार नम्रता सापकोटा लगायतको प्रस्तुती रहेको थियो ।

उक्त अवसरमा बोल्दै ओशो सन्यासी तथा कार्यक्रम संयोजक भवन भट्ट (स्वामी देव)ले टुँडीखेलमा आयोजित बृहद सेलिब्रेसनले संसारभर ध्यानको महत्व अझै बढ्ने विश्वास व्यक्त गरे ।

You might also like

Comments are closed.