पोखरा । नेपाल वितरक महासंघको अध्यक्षमा हरिराज पन्त निर्वाचित भएका छन् । शुक्रबार र शनिबार पोखरामा आयोजित १०औं साधारणसभा एवं पाँचौं अधिवेशनले पन्तको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
महासंघको उपाध्यक्षमा टंकप्रसाद खनाल, दुर्गाप्रसाद गौतम, विजयकुमार श्रेष्ठ निर्वाचित भएका छन् । महासचिवमा राजकुमार श्रेष्ठ, सचिवमा कृष्णराज श्रेष्ठ, कोषाध्यक्षमा तेजेन्द्र पौडेल निर्वाचित भए ।
सदस्यमा अच्युत ढकाल, कुलानन्द पोखरेल, शिव खनाल, मदनराज न्यौपाने, कृष्णप्रसाद शर्मा, सुजन कुमार श्रेष्ठ, राजकुमार गिरी, दामोदर पाठक, दिलीपकुमार श्रेष्ठ, रविकुमार सापकोटा, इश्वरप्रसाद दुवेदी, कृष्णप्रसाद अर्याल र राजेश खनाल छ । निबर्तमान अध्यक्ष सुरेश अधिकारी पदेन सदस्य रहनेछन् ।

अध्यक्षमा निर्वाचित गर्ने सम्पूर्णप्रति नवनिर्वाचित अध्यक्ष पन्तले आभार व्यक्त गरेका छन् । व्यावसायिक हकहितका क्षेत्रमा आफूले काम गर्ने उनले प्रतिबद्धता गरे ।




Comments are closed.