काठमाडौं । काठमाडौंको सुन्धारास्थित काठमाण्डू मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसकी प्रबन्ध निर्देशक एवं वरिष्ठ सौन्दर्यविद सुष्मा महरा सम्मानित भएकी छन् ।
चन्द्रलोक प्रतिष्ठानले उनलाई शनिबार आयोजित एक कार्यक्रमबीच ‘उत्कृष्ट व्यवसायी सम्मान’ सम्मान प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले उनलाई सम्मान गरेका हुन् । सम्मानले सामाजिक क्षेत्रमा काम गर्न थप प्रेरणा मिलेको महराले बताइन् ।






Comments are closed.