नाट्टा गण्डकी प्रदेशमा अधिकारी   

पोखरा । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस्(नाट्टा) गण्डकी प्रदेशको २७औँ साधारणसभा तथा १२औँ अधिवेशनले हरिराम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।    
    
 कार्यसमितिको प्रथम उपाध्यक्षमा किशोर दाहाल, द्वितीय उपाध्यक्षमा कमला गिरी, महासचिवमा सङ्गीता पौडेल, सचिवमा चेतन कार्की र कोषाध्यक्षमा नवराज भण्डारीलाई चयन गरिएको छ । समितिका सदस्यहरूमा क्रमशः ताराप्रसाद गौतम, सन्दिप श्रेष्ठ, सुशिला सिग्देल, खिमबहादुर नेपाली, लिलाबल्लभ पोखरेल, रत्नराज रेग्मी र तुलबहादुर गुरुङलाई चयन गरिएको छ । समितिको कार्यकाल दुई वर्षको हुनेछ ।    
    
 यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पर्यटन समृद्धिको महत्वपूर्ण आधार भएको बताए । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले संस्थाले पर्यटन प्रवद्र्धनसँगै विभिन्न सहरबीचको आपसी सम्बन्ध विस्तारलगायत काम गरेको बताए ।

 

You might also like

Comments are closed.