मूल्य बृद्धि सम्बोधनको मागसहित ‘कन्स्ट्रक्सन होलिडे’मा निर्माण व्यवसायी

काठमाडौं । निर्माण व्यवसायीहरुले ‘कन्स्ट्रक्सन होलिडे’ गर्ने भएका छन् । अत्याधिक मूल्य बृद्धि भएको भन्दै व्यवसायीले अत्यावश्यक बाहेकका निर्माणका काम नगर्ने निर्णय गरेका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघको बुधबार बसेको बैठकले वैशाख ११ गते आइतबारबाट कन्स्ट्रक्सन होलिडे गर्ने निर्णय गरेको अध्यक्ष रवि सिंहले आर्थिक आवाजलाई जानकारी दिए ।

‘अप्रत्यासित रुपमा भएको मूल्य बृद्धि नियन्त्रणको मागसहित हामी आन्दोलनमा उत्रिएका हौं,’ अध्यक्ष सिंहले भने, ‘निर्माण सामग्रीमा भएको मूल्य बृद्धिको सम्बोधन हुनुपर्ने हाम्रो मुख्य माग हो ।’

footwear zone

२०६५ सालमा मूल्यबृद्धि निर्देशिका जारी भएको र पछिल्लो समयको मूल्यबृद्धिलाई सम्बोधन हुनेगरी नयाँ निर्देशिका जारी हुनुपर्ने महासंघले माग गरेको छ । सार्वजनिक खरिद नियमावलीको ११औं संशोधनको त्रुटी सच्याउनुपर्ने लगायतका माग आफूहरुको रहेको सिंहले बताए ।

You might also like

Comments are closed.