पठाओले वर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेनलाई सम्मान गर्दै 

काठमाडौ। पठाओले वर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गर्ने भएको छ । २०७८ साल भरी उत्कृष्ट सेवा प्रदायकहरुलाई सम्मान गर्ने तयारी गरिएको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमालले बताइन् ।
‘पठाओको यात्रामा हाम्रा राइडर, क्याप्‍टेन र फुडमेन साथिहरुले साधै हामीलाई हाम्रो परिवारझै साथ दिनुहुनु भएको छ’ हमाल थप्छिन्  ‘उहाँहरुको योगदानको कदर गर्दै यो कार्यक्रम आयोजना गरेका हौँ ।’
footwear zone
सबै कामलाई सम्मान गरौं, एउटै नजरले हेरौं र सोचमा सकारात्मक परिवर्तन ल्‍याउँ भन्‍ने आशाका साथ कार्यक्रम आयोजना गरिएको हमालको भनाइ छ ।
पठाओलाई उत्कृष्ट राइड सेयरिङ प्लेटफर्म बनाउन योगदान दिने राइडर, क्याप्‍टेन र फुडमेनहरुलाई प्रोत्साहन गर्न आयोजना गरिएको कार्यक्रम बैशाख १८ गते (मे १) श्रम दिवसको दिन हुने बताइएको छ । यस कार्यक्रमलाई आगमी वर्षहरुमा पनि आयोजना गर्ने हमालले जानकारी दिइन् ।
२५ सेप्टेम्बर २०१८ मा बाइकमा राइड सेयरिङमार्फत पठाओ नेपालले सेवा सुरू गरेको थियो। ९ अगस्ट २०१९ मा कार लाइट अर्थात्  ट्याक्सी सेवा सुरु गरेको पठाओले राइड सेयरिङ सुरू गरेको २ वर्षपछि २५ सेप्टेम्बर २०२० देखि होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै ‘पठाओ फुड’ सन्चालनमा ल्याएको छ ।
You might also like

Comments are closed.