महालक्ष्मी विकास बैंकको राजापुर शाखा स्थानान्तरण, थप गुणस्तरिय सेवा प्रदान गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकको राजापूर शाखा राजापूर नगरपालिकाको वडा नं ४ मेन चोकमा स्थानान्तरण भएको छ ।

वैशाख १४ गते बुधबार आयाजित एक विशेष कार्यक्रमकाबीच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा राजापूर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरी र यस बैंकका सञ्चालक दिपक रौनियारले गरेका हुन् । शाखाको उद्घघाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा पाल्नु भएका महानुभावहरुलाई यस बैंकका सञ्चालक दिपक रौनियारले कृतज्ञता ज्ञापन गरे ।

बैँकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधिहरु बारे प्रकाश पारे । उनले बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक कोमल बिष्टले जनाएका छन् ।

footwear zone

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card , Dollar card  जारी गरीसकेको छ ।

 

You might also like

Comments are closed.