काठमाडौंमा जुत्ता चप्पल मेला, ५० प्रतिशतसम्म छुट

काठमाडौं । आज वैशाख १५ बाट राजधानी काठमाडौंमा जुत्ता चप्पल ब्यापार प्रवर्दन मेला हुँदैछ । मेलाको आज ४ बजे उद्घाटन गर्ने कार्यक्रम छ । भृकुटी मण्डपमा हुने मेला जेठ ८ गतेसम्म चल्नेछ । २५ दिनसम्म आयोजना हुने मेलामा नेपाली जुत्ता तथा चप्पलका २२ वटा उद्योगहरुको सहभागिता रहनेछ ।

मेलामा १० देखि ५० प्रतिशतसम्म छुट प्रदान हुने एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले बताए । ‘नेपाली प्रडक्टमा ५० प्रतिशतसम्म छुट प्राप्त हुँदा उपभोक्ता तथा ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने हामीले अपेक्षा गरेका छौं,’ उनले भने ।

मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेला संयोजक सुरज बन्जाडेले जानकारी दिए । आन्तरिक उत्पादनलाई प्रवर्दन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको उनले बताए ।

footwear zone

प्रदर्शनीमा जुत्ता चप्पल खरिद गर्ने ग्राहकहरुको उपस्थिति बाक्लो रहने पूर्व अध्यक्ष होमनाथ उपाध्यायले बताए ।

You might also like

Comments are closed.