रिलायन्स फाइनान्सको २१औं शाखा बुटवलको अमरचोकमा

बुटवल । रिलायन्स फाइनान्स लि.को २१औं शाखा कार्यालय सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ६ स्थित अमरचोकमा फाइनान्सको शाखा सञ्चालनमा आएको हो ।

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले बिहीबार शाखाको उद्घाटन गरेका हुन् । उक्त अवसरमा बोल्दै श्रेष्ठले शाखा सञ्चालनमा आएसँगै बुटवल क्षेत्रका सेवाग्राहीलाई सहज रुपमा आधुनिक बैंकिङ सेवा प्रदान हुने उनले बताए ।

फाइनान्सले प्रविधिमैत्री सेवा सुविधा प्रदान गर्दै आइरहेको श्रेष्ठले बताए । राष्ट्रियस्तरको फाइनान्सले थप शाखा विस्तारको लक्ष्य लिएको उनले जानकारी दिए ।

footwear zone

फाइनान्सको प्रधान कार्यालय प्रदर्शनी मार्ग काठमाडौंमा छ ।

You might also like

Comments are closed.