एनडिएच मसलाका लागि काठमाडौंसहित देशभरबाट डिलर आह्वान

काठमाडौं । मसलाको नेपाली ब्राण्ड ‘एनचिएच’का लागि राजधानी काठमाडौंसहित देशभरबाट डिलर आह्वान भएको छ । बीआइटीले उत्पादन र बजारीकरण गर्दै आएको एनडिएच ब्राण्डका मसलाका लागि डिलर लिन चाहने व्यवसायीले कम्पनीमा सम्पर्क गर्न सक्नेछन् ।

अन्तर्राष्ट्रिय बजारमा समेत बिक्री भइरहेको यो मसला स्वदेशी बजारमा पनि लोकप्रिय छ । बजार विस्तारको योजनासहित डिलर विस्तारमा तिब्रता दिइएको कम्पनीले जनाएको छ ।

एनडिएच ब्राण्डमा झण्डै ६० स्वादका मसला उत्पादन हुँदै आइरहेका छन् ।

footwear zone

‘एनडिएच मसला गुणस्तरीय छ,’ कम्पनीका प्रवन्ध निर्देशक कमल सिंह भन्छन्, ‘नेपाललाई अब मसलामा आत्मनिर्भर बनाउनुपर्छ भन्ने अभियानमा हामी लागेका छौं ।’ राज्यले पनि स्वदेशी ब्राण्डलाई प्राथमिकतामा राख्नुपर्ने उनको तर्क छ ।

स्वदेश र विदेश दुवैतिर मसलाको बजार बढाउने अभियानमा कम्पनी रहेको सिंहले बताए ।

You might also like

Comments are closed.