सुनको मूल्य प्रतितोला कति ?

 

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार २ सय रुपैयाँ मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला २ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३ सय रुपैयाँ मा आएको महासङ्घले जनाएको छ ।

footwear zone

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.