राजश्व बढाउन वा घटाउन रोइकराई गर्ने बानी हटाएर उत्पादनमा जोड दिनुपर्छ : अर्थमन्त्री

काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले राजश्व बढाउन वा घटाउन  रोइकराई गर्ने बानी हटाएर उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले राजश्व बढाउन वा घटाउन रोइकराई गर्ने बानी हटाएर उत्पादनमा जोड दिनुपर्ने बताएका हुन् ।

सरकारले राजश्व बढाउन खोज्ने तर निजी क्षेत्र सकेसम्म घटाउन खोज्ने प्रवृति रहेकाले शर्माले यो दुबै गलत भएको बताए ।अहिले मुलुकमा वैदेशिक लगानी आवश्यक रहेको भन्दै उनले वैदेशिक लगानी बढ्ने क्रममा रहेको समेत बताए ।

footwear zone

उनले ३/४ वटा प्रोजेक्टमा वैदेशिक लगानी आउन लागेको समेत  जानकारी दिए ।अर्थमन्त्री शर्माले खाद्य वस्तुको आयात अत्यधिक भएको भन्दै कृषिमा रुपान्तरण जरुरी रहेको बताए ।

स्वदेशी उत्पादन बढाउने र राष्ट्रको विकास गर्ने कुरामा सरकार गम्भीर रहेको अर्थमन्त्री शर्माको भनाइ छ ।उत्पादनमूलक उद्योगका विद्युतको समस्या समाधानका लागि प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी उनले गराए ।

आफ्नो गर्नुपर्ने काम गर्न सरकार तयार रहेको भन्दै उनले निजी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा ध्यान दिनुपर्ने बताए । निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार रहेको भन्दै कर बढी लागेर उत्पादन महंगो परेको भए त्यसमा सहजीकरण गर्न पनि सरकार तयार रहेको बताए ।

खुला सिमानाका कारण फाइदा र बेफाइदा दुबै रहेको भन्दै उनले चोरीपैठारी रोक्न भने विशेष ध्यान दिनु पर्नेमा जोड दिनुपर्ने बताए।

You might also like

Comments are closed.