एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।

छापावाला सुनको मूल्य तोलामा एक हजारले घटेर आज बजारमा तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार तोलामा ८ सयले घटी ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज तेजावी सुन प्रतितोलामा ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

footwear zone

यस्तै, चाँदीको मूल्य भने मंगलबार स्थिर रहेर १ हजार २ सय ९० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.