काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि सिइओ नियुक्त गरेको हो ।
उनी यस अगाडि २०७५ जेठ १ गतेबाट बैंकको सिइओको जिम्मेवारीमा थिए । उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागु हुनेछ ।

वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले सन् १९९१ मा नबिल बैंकबाट बैंकिङ यात्रा अगाडि बढाएका थिए ।
१९ वर्षसम्म नबिल बैंकमा विभिन्न जिम्मेवारी सम्हालेका उनी सन् २०१० देखि २०१६ सम्म मेगा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धक भएर काम गरेका थिए ।
२०७३ मंसिर १९ गतेदेखि उनी मुक्तिनाथ विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए ।

बैंकको स्थापनादेखि प्रमुख कार्यकारी अधिकृत रहेका भरतराज ढकालको कार्यकाल २०७५ को वैशाख मसान्तमा सकिएपछि उक्त पदमा पोखरेल नियुक्त भएका थिए ।




Comments are closed.