काठमाडौं । फुटवयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालद्वारा काठमाडौंको भृकुटी मण्डपमा जारी जुत्ता चप्पल ब्यापार प्रवर्दन मेलामा २२ कम्पनी सहभागी भएका छन् । मेलामा २२ कम्पनीले करिब सय वटा स्टलमा आफ्ना उत्पादन बिक्री तथा प्रदर्शनीमा राखेका छन् ।
बेस ग्लोबल प्रालि, बेस फुटवयर इण्डष्ट्रिज, शिखर सुज इण्डष्ट्रिज प्रालि, कोशेली छाला जुत्ता उद्योग प्रालि, लालीगुराँस फुटवयर, रोयल फुटवयर इण्डष्ट्रिज प्रालि, शुभकामना फुटवर प्रोडक्ट नेपाल प्रालि, पवित्रा सुज इण्डष्ट्रिज, रन सुज इण्डष्ट्रिज, स्मार्ट सुज इण्डष्ट्रिज प्रा.लि., वान ओल्र्ड फुटवयर प्रालि, सुरभी पोलिमर्स, सम्राट सुज प्रालि, नमस्ते फुटवयर प्रालि, ओइसिस फुटवयर प्रालि, किरण सुज म्यानुफ्याक्चरर्स, बोस सुज इण्डष्ट्रिज प्रालि, फुटस्टेप सुज प्रालि र नियासा सुज इण्डष्ट्रिज प्रालि लगायतका कम्पनी मेलामा सहभागी भएको संयोजक सुरज बन्जाडेले जानकारी दिए ।
गोल्डस्टार, शिखर सुज, बिएफ डियर हिल, रोयल, रन सुज, सुल्याण्ड, कोशेली, क्रसरोड, केटिएम सुज, स्मार्ट, फस्टवाल्क, वान वल्र्ड, हाइलाइफ, सिल सुज, ह्याप्पी, बोस सुज, फस्ट स्टेप, बाम्बो सुज, बिएफ स्पोर्टस् लगायतका ब्राण्डका जुत्ता चप्पल मेलामा प्रदर्शनी एवं बिक्रीमा छन् ।

नेपाली उत्पादनको प्रचारप्रसार तथा उत्पादक र उपभोक्ता तथा अन्य सरोकारवालाबीच प्रत्यक्ष सम्बन्ध स्थापना गर्न मेला सफल भएको आयोजकको भनाइ छ । ‘उत्पादनको बजारीकरण गर्न मेला सफल हुँदै आइरहेको छ,’ बन्जाडेले भने ।
मेलामा २ लाख ५० हजार भन्दा बढी अवलोकनकर्ताको उपस्थिति रहने र ३ करोड भन्दा बढीको कारोबार हुने आयोजकको विश्वास छ । मेलामा बुधबारसम्म आइपुग्दा उत्साहजनक उपस्थिति र कारोबार भएको आयोजकको भनाइ छ । वैशाख १५ गते सुरु भएको मेला जेठ ८ गतेसम्म चल्नेछ ।

मेलामा उपभोक्ताको हितलाई ध्यानमा राख्दै १० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध गराइएको एसोसिएसनका पूर्व अध्यक्ष एवं मेलाका सल्लाहकार होमनाथ उपाध्यायले जानकारी दिए । ‘मेलामा एक हजार मोडलका जुत्ता चप्पल एकै स्थानबाट खरिद गर्न सकिन्छ,’ उनले भने ।




Comments are closed.