आज सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य तोलामा १४ सयले बढेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १४ सयले बढी प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै विहीबारतेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

footwear zone

यस्तै, चाँदीको मूल्य पनि बिहीबार १५ रुपैयाँले बढेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

You might also like

Comments are closed.