चुनावी माहोलमा पनि जुत्ता चप्पल मेला जारी रहने

काठमाडौं । देश स्थानीय तह निर्वाचनले चुनावमय भएको छ । वैशाख ३० गते देशभर एक साथ निर्वाचन हुँदैछ । चुनावी माहोल कायम रहेपनि काठमाडौंमा जुत्ता चप्पल मेला भने जारी रहने भएको छ ।

फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालद्वारा भृकुटी मण्डपमा जारी मेला निर्वाचन हुने दिन वैशाख ३० गते बाहेक अन्य सबै दिनमा सुचारु रहने मेला संयोजक सुरज बन्जाडेले जानकारी दिए । ‘मेला जारी रहने भएकाले चुनावी मेलामा आएर सुपथ मूल्यमा जुत्ता चप्पल खरिद गर्न सक्नुहुन्छ,’ बन्जाडेले भने ।

वैशाख १५ गतेबाट जारी मेला जेठ ८ गतेसम्म चल्नेछ । मेलामा उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै १० देखि ५० प्रतिशतसम्म छुट प्रदान गरिएको एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले बताए । ‘हामीले विशेष छुटमा स्वदेशी ब्राण्डका गुणस्तरीय जुत्ता चप्पल बिक्री गरिरहेका छौं,’ उनले भने ।

footwear zone

स्वदेशी उद्योगहरुको प्रवद्र्धनसहित आर्थिक क्षेत्रलाई चलायमान बनाउने लक्ष्यले मेला आयोजना गरिएको उनले बताए ।
मेलामा २२ वटा उद्योगका करिब सय वटा स्टल छन् ।

You might also like

Comments are closed.