सेल्सवेरी डिपार्टमेन्ट स्टोरद्वारा Shop and Win कार्यक्रमको विजेता घोषणा

काठमाडौ । सेल्सवेरी डिपार्टमेन्ट स्टोरले चैत्र महिनामा संचालित Shop and Win कार्यक्रमको विजेता घोषणा गरेको छ ।

आफ्नो व्यवसाय संचालनको शिलशिलामा ग्राहक महानुभावहरुलाई लक्षित गर्दै हरेक महिना नया“ नया“ स्किम तथा अभियान संचालन गर्दै आइरहेको यस सेल्सवेरी डिपार्टमेन्ट स्टोरले चैत्र महिनामा संचालित Shop and Win कार्यक्रमको विजेता घोषणा गरेको हो ।

२०७८ साल चैत्र १ गते देखि ३० गते सम्म संचालित उक्त कार्यक्रममा सेल्सवेरीका ३० वटै शाखाबाट खरीद गर्नु हुने जम्मा १,९१,५१८ ग्राहक महानुभावहरु सहभागी भएका थिए ।

footwear zone

उक्त कार्यक्रममा इमाडोल शाखाबाट चैत्र ८ गते रु.१,१३५/– को खरीद गर्दा विजेता बनेका नविन सुवेदी, इमाडोल, ललितपुरले iphone 13 Promax प्राप्त गरेका छन् ।

साथै सेल्सवेरी डिपार्टमेन्ट स्टोरले विजेता नविन सुवेदी ज्यूलाई हार्दिक बधाई साथै सहभागी सम्पूर्ण ग्राहक महानुभावहरुमा धेरै धेरै धन्यवाद व्यक्त गरेको छ ।

You might also like

Comments are closed.