दार्चुलामा एमालेको विजय जुलुसमा प्रयोग भएको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका-६ ग्यानीमा सोमबार बिहान साढे ९ बजे माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस रोल खोलामा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

footwear zone

चालकसमेत रहेका शैल्यशिखर नगरपालिका ६ का प्रकाश धामी र सोही ठाउँका सहचालक समेत रहेका नवीन सिंह धामीको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीका अनुसार अर्का एक जना मृतकको परिचय खुल्न सकेको छैन ।हाइस गोकुलेश्वरबाट नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरूलाई ल्याउन ग्यानी गएको थियो ।

You might also like

Comments are closed.