निर्वाचन पछिको पहिलो दिन घट्यो सेयर बजार, नेप्से सूचक ८४ अंकमा समेटियो

काठमाडौं । स्थानीय तह निर्वाचन पछिको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ । निर्वाचन पहिलो उकालो लागेको सेयर बजार निर्वाचन पछिको पहिलो दिननै ओरालो लागेको छ ।

आज अन्तिम समयसम्म आइपुग्दा नेप्से ८४ दशमलव नौ अंकले घटेर २२ सय ६५ दशमलव ५२ अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव २७ अंकले घटेर चार सय ३९ दशमलव ६९ अंकमा झरेको छ । आज दुई सय २१ कम्पनीको ३३ हजार ६ सय १० पटकको कारोबारमा ३५ लाख ९५ हजार पाँच सय ६८ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसमध्ये कुल कारोबार रकम एक अर्ब ६४ करोड ४० लाख ५० हजार दुई सय ३९ रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकामा १३ वटैको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ३७ दशमलव ९५ अंकले घटेर १५ सय ५३ दशमलव २० अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि एक सय ६३ दशमलव ६९ अंकले घटेर तीन हजार नौ सय १६ दशमलव १८ अंकमा झरेको छ ।

footwear zone

भने जीवन बीमा समूहमा ५९२ अंकको गिरावट आउँदा निर्जीवन बीमा समूहमा ४८५ अंकले घटेको छ । यस्तै, विकास बैंक समूह १६३ अंकले घट्दा लघुवित्त समूहमा १४३ अंकको गिरावट आएको छ । त्यसैगरी, उत्पादनमूलक समूह १४२ अंकले घटेको छ । यीबाहेक अन्य सबै समूहमा गिरावट आएको छ ।

आज कारोबार भएका तीन वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । जसमध्ये लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यसबाहेक अन्य ६ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

You might also like

Comments are closed.